logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
३५ सय घुससहित वडासचिव पक्राउ

३५ सय घुससहित वडासचिव पक्राउ


254
SHARES

काठमाडौं । ३५ सय घुस रकमसहित वडा सचिव पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले बाराको कोल्हवी नगरपालिका-११ रामपुर्वाका वडासचिव विनोदप्रसाद साहलाई घुस रकमसहित पक्राउ गरेको हो ।

जग्गा नामसारी सिफारिसका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा उनलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।

साहलाई सेवाग्राहीबाट ३५ सय रुपैयाँ घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij