logo
शुक्रबार, साउन १५ २०८३
  • ट्रेन्डिङ
माइन्युट च्यात्ने दुई वडाध्यक्ष हिरासतबाट रिहा

माइन्युट च्यात्ने दुई वडाध्यक्ष हिरासतबाट रिहा


164
SHARES

काठमाडौँ । नगर सभाको माइन्युट च्यातेको उजुरीपछि पक्राउ परेका बाजुराका दुई जना वडाध्यक्ष छुटेका छन्।

त्रिवेणी नगरपालिका वडा नम्बर ७ का अध्यक्ष प्रेमबहादुर थापा र वडा नम्बर ९ का अध्यक्ष वीरबहादुर विष्ट हिरासतबाट छुटेका हुन्।

नगरपालिकाका प्रशासकीय अधिकृतले वडाध्यक्षहरूले माइन्युट च्यातेको भन्दै प्रहरीकहाँ उजुरी दिएका थिए।

उनीहरूले अब कमजोरी नदोहोर्‍याउने र सहकार्य गर्दै जाने भनेपछि नगरपालिकाले उजुरी फिर्ता लिएको थियो। उनीहरू शुक्रबार प्रहरी हिरासतबाट छुटेका छन्।

प्रहरी निरीक्षक देवेन्द्र जोशीका अनुसार कमजोरी नदोहोर्‍याउने भनेपछि र उजुरी नै फिर्ता लिएपछि वडाध्यक्षहरूलाई छाडिएको बताए।

वडाध्यक्ष थापालाई माघ १२ र विष्टलाई माघ १३ मा पक्राउ गरिएको थियो। माघ १० मा बसेको नगर सभाले एकलौटी निर्णय गरेको भन्दै वडा नम्बर ७ र ९ का अध्यक्षले माइन्युट च्यातेका थिए।

त्यसपछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी शाहले उनीहरू विरूद्ध प्रहरीमा उजुरी दिएका थिए।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij