logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
‘तपाईंको मास्क खै ?’ भन्दै मुख्यमन्त्री सडकमा निस्किए

‘तपाईंको मास्क खै ?’ भन्दै मुख्यमन्त्री सडकमा निस्किए


345
SHARES

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही ‘तपाईंको मास्क खै ?’ भन्दै सडकमा निस्किएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगर बजारमा मुख्यमन्त्री शाही ‘तपाईंको मास्क खै रु’ भन्दै सडकमा निस्किएका हुन् ।

मुख्यमन्त्री शाहीले कोरोना महामारीले देशभर आक्रान्त भएको र अनिवार्य मास्क लगाउन नागरिकहरुलाई आग्रह गरेका छन् । ‘हामीले सडकमा मास्क नलगाएर हिँडिरहेका धेरै जना देख्यौं,’ उनले भने, ‘सबैलाई मास्क अनिवार्य लगाउन आग्रह गरेका छौं ।’

कोरोना विरुद्ध खोप नलगाएका नागरिकलाई नजिकको खोप केन्द्रमा गएर खोप लगाउन पनि मुख्यमन्त्री शाहीले आग्रह गरेका गरेका थिए । ‘तपाईंहरुले खोप लगाउनु भएका छैन भने नजिकै खोप केन्द्रमा गएर खोप लगाउनु होला,’

उनले सडक भेटिएका नागरिकलाई भने,‘कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिलाई कोरोना संक्रमण भएपनि त्यति धेरै असर नगर्ने चिकित्सकले बताएका छन् । त्यसैले अनिवार्य खोप लगाउनुहोला ।’

कर्णालीमा दिनयता कोरोना संक्रमण बढ्दै गएको छ । कर्णालीमा दैनिक ६ सयभन्दा बढी संक्रमित बढिरहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदम केसीले बताए । ‘कर्णालीमा परीक्षण गरिएकामध्ये ५७ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ,’ उनले भने, ‘यो जटिल परिस्थिति हो ।’

निर्देशनालयकाअनुसार सुर्खेतमा ३६० जना, सल्यानमा एक सय, कालीकोटमा १२९, दैलेखमा १२, जाजरकोटमा एक, रुकुम पश्चिममा ३७, जुम्लामा ६ जनामा र हुम्लामा ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij