दैनिक न्युज नेपाल
काठमाडौं। रोग निको हुने अन्धविश्वासका कारण धामी झाँक्रीकहाँ धाउने प्रचलन कायमै छ ।
समाजका शिक्षित व्यक्तिसमेत झारफुक गरी रोग बिसेक हुने विश्वासमा धामी झाँक्रीकहाँ पुग्ने गरेका छन् । झारफुकमै विश्वास गर्दा कतिपयले ज्यानसमेत गुमाउनुपरेको छ ।
टोलमा टाँगिएका ‘झारफुकबाट सबै रोगको उपचार गरिन्छ’ वा ‘टुनामुनाबाट मोहनी लगाउने र फुकाउने काम गरिन्छ’ भन्ने जस्ता प्रचार सामग्रीका पछाडि कुद्नेहरू पनि उत्तिकै हुने गरेका छन् ।
प्रहरीका अनुसार धामी झाँक्री वा मातासँग उपचार गराउने नाममा गएको साउन यता पाँच जनाले ज्यान गुमाइसकेका छन्।
बोक्सीको आरोप लगाउने तथा झारफुकको बहानामा कुटपिट गर्ने ३५ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । केही दिनअघि काठमाडौैँमा पनि यस्तै घटना भएको छ ।
टाउको दुख्ने समस्या भएपछि झारफुक गराउन झाँक्री (माता)सँग गएकी १४ वर्षीया बालिकाको शङ्कास्पद मृत्यु भएको थियो ।
उपचारका नाममा मानव बलि दिएका घटना पनि नेपालमा भएका छन् । प्रहरीका अनुसार पाँच वर्षमा २१० वटा बोक्सी आरोपका उजुरी दर्ता भएका छन्।
-गोरखापत्र दैनिकबाट
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij