बुधबार, जेष्ठ ११ २०७९
जिपी अस्पतालमै प्लान्ट जडान, अक्सिजन उत्पादन सुरु

जिपी अस्पतालमै प्लान्ट जडान, अक्सिजन उत्पादन सुरु


  • दैनिक न्यूज नेपाल
  • शनिबार, माघ १ २०७८
200
SHARES

काठमाडौं । जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा अक्सिजन प्लान्ट जडान गरिएको छ । अक्सिजन प्लान्टबाट उत्पादन समेत थालिएको छ ।

मंगलबारदेखि अस्पताल परिसरमा जडान गरिएको प्लान्टबाट उत्पादन सुरु भएको अस्पतालका कार्यकारी प्रमुख डा। रामकुमार श्रेष्ठले बताए ।

उनकाअनुसार प्लान्टबाट दैनिक एक सय सिलिन्डर अक्सिजन उत्पादन हुन्छ । ‘अस्पतालको आवश्यकता अनुसार उत्पादन गरिरहेका छौं,’ उनले भने ।

अस्पतालमै अक्सिजन उत्पादन थालेपछि पोखराबाट ल्याउनुपर्ने बाध्यताको अन्त्य भएको छ । अब अक्सिजन आवश्यक पर्ने विरामीका आफन्त अक्सिजन खोज्दै हिँड्नुपर्ने छैन ।

दोस्रो लहरको कोरोना तीव्र गतिमा फैलिएर संक्रमणदर उच्च विन्दुमा पुगेको बेला देशभर अक्सिजनको हाहाकार भएपछि संघीय सरकारको स्वास्थ्य मन्त्रालयले शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारामा रहेको अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न बजेट पठाएको थियो ।

तर प्लान्ट जडानमा ढिलाई गरियो । अस्पताल नजिक रहेको विद्युतको ट्रान्सफर्मरको क्षमता बढाउनुपर्ने भएकाले अक्सिजन जडानमा तीन महिना ढिलाई भएको कार्यकारी प्रमुख डा। श्रेष्ठ स्वीर्काछन् । ‘ट्रान्सफर्मरको क्षमताले नधान्ने भएपछि टेन्डर प्रकृयामा जानुपर्ने भयो ।

टेन्डर गरेर नयाँ ट्रान्सफर्मर जडान गर्दा अक्सिजन प्लान्टमा निर्माणमा झण्डै तीन महिना ढिलाई भएको थियो’, उनको प्रस्टोक्ति छ । दुई करोड १८ लाख रुपैयाँमा अक्सिजन प्लान्ट निर्माण भएको हो ।

जिपीमा जिल्लाका स्थानीय तहले कोरोना संक्रमितका लागि छुट्टै आइसोलेसन भवन बनाइदिएका छन् । कोरोनाको ओमिक्रोन भेरियन्ट समुदायस्तरमा फैलिएपछि जिपीले आइसोलेसनलाई तयारी अवस्थामा राखेको छ ।

सरसफाई र मर्मत सम्भार गरेर आइसोलेसनलाई तयारी अवस्थामा राखेको अस्पतालका कोरोना फोकल पर्सन प्रदीप पौडेलले बताए । असोज तेस्रो सातादेखि आइसोलेसन रित्तो थियो । ‘लामो समय संक्रमित आइसोलेसनमा आएका छैनन् ।

ओमिक्रोन भेरियन्ट फैलन थालेपछि मर्मत र सरसफाई गरेर तयारी अवस्थामा राखेका छौं । संक्रमित आएको खण्डमा आइसोलनमा राख्नेछौं,’ पौडेलले भने ।

उनकाअनुसार ३० बेडको आइसोलेसन छ । प्रत्येक बेडमा अक्सिजनको व्यवस्था गरिएको छ । आइसोलेसनमा पाँच बेड आईसीयू र तीन बेड भेन्टिलेटर छ ।

यहाँको आइसोलेसनमा पहिलो चरणको कोरोनामा २७७ संक्रमितले सेवा लिए । दोस्रो चरणमा २२२ जना संक्रमितले सेवा लिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार