logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
एमाले खोटाङका नवनिर्वाचित पदाधिकारीले गरे पदभार ग्रहण

एमाले खोटाङका नवनिर्वाचित पदाधिकारीले गरे पदभार ग्रहण


305
SHARES

काठमाडौं । नेकपा एमाले खोटाङका नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन् ।

२४ पुसमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट निर्वाचित एमाले अध्यक्ष रामप्रसाद दंगाललगायतले शुक्रबार पदभार ग्रहण गरेका हुन् ।

दिक्तेलको भवनगैरास्थित पुष्पलाल स्मृति भवनमा अध्यक्ष दंगाल, सचिव कुमारप्रसाद आचार्य, उपसचिव दिपनारायण रिजाल र सुरेन्द्रकुमार राईले पदभार ग्रहण गरेका हुन् ।

एमालेका नवनिर्वाचित पदाधिकारीलाई एमाले केन्द्रीय सदस्य एवं प्रदेश सांसद उषाकला राईले पदभार ग्रहण गराएकी थिइन् ।

उपाध्यक्ष देवविक्रम राईले कार्यव्यस्तताका कारण पदभार ग्रहण कार्यक्रममा उपस्थित हुन नसकेको एमालेले जनाएको छ ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij