logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
भारतको दादागिरी बिरुद्ध उत्रिए गगन थापा र धनराज गुरुङ

भारतको दादागिरी बिरुद्ध उत्रिए गगन थापा र धनराज गुरुङ


2K
SHARES

काठमाडौं । नेपाली काँग्रेसको संस्थापनइतर पक्षबाट चुनाव लडेर जितेका दुईजना पदाधिकारीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकसम्म सडक निर्माणबारे उत्तराखण्डमा बोलेपछि उनीहरुले आलोचना गरेका हुन् ।

उपसभापति धनराज गुरुङले भारतलाई कुटनीतिक नोट पठाएर मोदीसँग सिधा वार्ता गरेर यो विषय टुंग्याउनुपर्ने बताए ।

उनले भने,‘’भारतलाई कुटनीतिक नोट पठाएर भारतीय प्रधानमन्त्रीसँग सिधा वार्ता गरेर अब आइन्दा भारतीय प्रधानमन्त्री र शासकहरुले कुरा उठाउन नपाउने गरेर टुंग्याउनुपर्छ ।’

यसैगरी, महामन्त्री गगन थापाले भारतीय प्रधानमन्त्रीले लिपुलेकमा सडक विस्तार गर्ने अभिव्यक्ति दिएकोमा सरकारले पोजिसन तत्काल स्पष्ट पार्नुपर्ने बताए ।

उनले भारतसँग यो विषय राखेर नेपाली जनतालाई आश्वस्त पार्नुपर्ने बताएका छन् ।

गुरुङ र थापा दुवै संस्थापनइतर डा। शेखर कोइराला समूहबाट उम्मेदवार बनी विजयी भएका थिए ।

उनीहरुले भारतीय प्रधानमन्त्री मोदीको आलोचना गरेपनि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले कुनै धारणा सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij