logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
कोरोना संक्रमणपछि लता मंगेशकर अस्पताल भर्ना

कोरोना संक्रमणपछि लता मंगेशकर अस्पताल भर्ना


625
SHARES

काठमाडौँ । भारतीय विख्यात गायिका लता मंगेशकरलाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगेशकरलाई सामान्य लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको एएनआईले जनाएको छ ।

मंगेशकरलाई आईसीयूमा राखिएको उनको पारिवारिक स्रोतले जानकारी दिएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

मंगेशकर यसअघि सन् २०१९ को सेप्टेम्बरमा श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी थिइन् ।

९२ वर्षीया मंगेशकरलाई आफ्नो जीवनकालमा एक हजारभन्दा बढी हिन्दी सिनेमाका गीत गाएकी छन् ।

उनी नेसनल फिल्म अवार्ड‚ दादासाहेब फाल्के अवार्ड र भारत रत्नसहित दर्जनौं पुरस्कारबाट सम्मानित भएकी छन् ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij