logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
ट्रम्पविरुद्ध मुद्दा नचलाए अमेरिकासंग बदला लिन्छौंः इब्राहिम रइसी

ट्रम्पविरुद्ध मुद्दा नचलाए अमेरिकासंग बदला लिन्छौंः इब्राहिम रइसी


3.9K
SHARES

काठमाडौं। इरानले जनरल कासिम सुलेमानीको हत्या अभियोगमा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा नचलाए अमेरिकासँग बदला लिने चेतावनी दिएको छ ।

अमेरिकी सेनाको हवाई आक्रमणमा मारिएका सुलेमानीको दोस्रो वार्षिकीमा इरानका राष्ट्रपति इब्राहिम रइसीले सो चेतावनी दिएका हुन् ।

कासिम सुलेमानी कुद्स फोर्सको शीर्ष कमाण्डर थिए । ३ जनवरी २०२० मा अमेरिकाले गरेको ड्रोन आक्रमणमा उनी मारिएका थिए ।

उक्त आक्रमण तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा भएको थियो ।

सोमबार इरानी राष्ट्रपति रइसीले भनेका छन्, ‘यदि सुलेमानीको हत्या अपराधमा ट्रम्प र तत्कालीन विदेशमन्त्री माइक पोम्पियोमाथि मुद्दा नचलाएमा हामी हाम्रो शहरी जनरलको मृत्युको बदला लिन्छौं ।’

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij