logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
ओली र प्रचण्डबीच कुराकानी

ओली र प्रचण्डबीच कुराकानी


387
SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच कुराकानी भएको छ ।

नेकपा माओवादी केन्द्रको आजबाट सुरु भएको महाधिवेशन अघि प्रचण्ड र ओलीबीच कुराकानी भएको हो ।

ओलीलाई प्रचण्डले आफूहरुको महाधिवेशनमा सहभागी हुन निम्तो गर्नका लागि आइतबार विहान फोन गरेको जानकारी दिएका छन् ।

‘मैले उहाँलाई फोत गरेको थिएँ’ प्रचण्डले भने, ‘झापमा हुनुहुँदो रहेछ । काठमाडौंमा भए आइहाल्थे भनेर भन्नु ‍भयो ।

सम्मेलनमा कोही अरु नेता नबोलाउने भनेर म आइहाले भन्नु भयो, महासचिवलाई पठाउछु भन्नुभयो । महासचिवको रुपमा उहाँले जे राख्नुभयो त्यो मनन गर्न योग्य छ।’

तत्कालीन नेकपा विभाजित भएपछि ओली र प्रचण्डबीच कुराकानी हुन सकेको थिएन ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij