दैनिक न्युज नेपाल
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गृह जिल्ला झापा १ हजार ३ सय ५६ जनालाई आफ्नो पार्टीमा प्रवेश गराएका छन्।
अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला झापा आएका लिङ्देनले शनिवारदेखि सोमबारसम्ममा १३५६ जनालाई राप्रपामा प्रवेश गराएका हुन्।
शनिवार बिर्तामोडमा ४५६ जना राप्रपामा प्रवेश गरेका थिए।
आइतबार झापा क्षेत्र नं ५ को गौरीगंज,गौरादह,कमल र दमकमा आयोजित अलगअलग कार्यक्रममा २ सय जना राप्रपामा प्रवेश गरेका थिए।
सोमबार भद्रपुरबाट नेपाली कांग्रसका अगुवा बिकेन्द्र मेन्याङ्बोलगायत विभिन्न दलबाट ५२३, कचनकवलबाट ३६ जना र बाह्रदशी ३ राधानगर र कुटु बस्तिबाट १३७ जना समेत गरेर करिब ७०० जनाले कांग्रेस, एमाले, माओवादी दल परित्याग गरि राप्रपा प्रवेश गरेका राप्रपा झापाले जनाएको छ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij