logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
संरक्षित पंक्षीसहित मुगुमा एक जना पक्राउ

संरक्षित पंक्षीसहित मुगुमा एक जना पक्राउ


326
SHARES

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मुगुले संरक्षित पंक्षी डाँफेसहित एक जनालाई पक्राउ गरेको छ ।

छायानाथ रारा नगरपालिका-३ का २० वर्षीय ध्रुवराज रोकायालाई प्रहरीले डाँफेसहित पक्राउ गरेको हो । उक्त पंक्षी फूली गाउँको पाँपे भन्ने जंगलमा मृत अवस्थामा फेला पारेको रोकायाले बताएका छन् ।

कार्यालयबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले रोकायालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए ।

डिभिजन वन कार्यालय मुगुका अनुसार वन ऐन २०२९ अनुसार उनलाई कार्वाही हुनेछ । पशुपंक्षी चोरी शिकारी गर्ने व्यक्तिलाई तीनदेखि नौ महिना र १५ देखि २५ हजार नगदसहित दुवै सँजाय हुने वन अधिकृत भरत बुढ्थापाले बताए ।

पक्राउ परेको पंक्षी पोथी डाँफे रहेको छ भने यसको तौल करिब दुई केजि छ ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij