logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
कांग्रेस सभापतिमा देउवाले जितेनन्, फेरि चुनाव हुने

कांग्रेस सभापतिमा देउवाले जितेनन्, फेरि चुनाव हुने


325
SHARES

काठमाडौं । नेपाली कांग्रेसमा सभापति चयनका लागि भएको पहिलो चरणको चुनावमा उम्मेदवारले बहुमत पुर्‍याउन नसक्दा पुनः मतदान हुने भएको छ ।

भर्खरै सार्वजिनक मतपरीणाम अनुसार सभापतिका पाँच जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि पहिलो र दोस्रो अर्थात शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणको चुनाव हुने निश्चित भएको हो ।

देउवाले सबैभन्दा बढी मत पाए पनि उनले ८३ मत पुर्‍याउन नसक्दा निर्वाचन हुन लागेको हो । कुल ४६७९ मतमा देउवाले २२५८ मत पाए ।

कोइरालाले १७२९ मत पाएका छन् ।

यसैगरी,प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत पाए ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij