logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
कार्यकर्तासंगै लाईनमा बसेर देउवाले खाए खाना

कार्यकर्तासंगै लाईनमा बसेर देउवाले खाए खाना


723
SHARES

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसको १४औँ महाधिवेशनस्थल भृकुटीमण्डपमा छन ।

उनले आज बिहानदेखि भृकुटीमण्डपमा रहेर महाधिवेशन प्रतिनिधिहरुसँग अन्तरक्रिया र परामर्शमा व्यस्त थिए ।

कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका देउवाले आज भृकुटीमण्डपमा जम्मा भएका महाधिवेशन प्रतिनिधिहरु एवं कांग्रेसका नेता तथा कार्यकर्ताहरुसँग अन्तरक्रिया गरी आफूलाई मत पनि दिन अनुरोध गरका छन ।

त्यसपछि उनले महाधिवेशन प्रतिनिधिहरुसँग काठमाडौँको बसाइँका बारेमा जानकारी लिएका थिए। खाना र बस्नका लागि कुनै समस्या परेको छ कि भनेर उनले भृकुटीमण्डपमा रहेका प्रतिनिधिहरुसँग सोधेका थिए।

उनले काठमाडौँमा चिसो बढेकाले स्वास्थ्यको ख्याल गर्न र कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन पनि सुझाव समेत दिएका थिए ।

उनले आज बिहानको खाना पनि भृकुटीमण्डमा महाधिवेशन प्रतिनिधिहरुसँगै लाइनमा बसेर लिएका थिए ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij