logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
राष्ट्रिय प्रजातन्त्र पार्टीमा एकाधिकारको अन्त्य

राष्ट्रिय प्रजातन्त्र पार्टीमा एकाधिकारको अन्त्य


248
SHARES

  • हेमविक्रम सिलवाल
    स्वतन्त्र नागरिक समाज संयोजक

आदरणीय मित्र राजेन्द्र लिङ्देन प्रजातान्त्रिक अभ्यासमा खुल्ला प्रतिस्पर्धाबाट अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा हार्दिक धन्यवाद तथा बधाई छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले अङ्गालेको सिद्धान्त राष्ट्रियता, प्रजातन्त्र, उदारवादको आदर्श अनुरूप पार्टी अगाडि बढ्न सकोस् भनी स्वतन्त्र नागरिक समाज सुभेच्छा प्रकट गर्दछ । पार्टीका समस्त पूर्णकालीन र दीर्घकालीन कार्यकर्ता तथा शुभचिन्तकहरूलाई गोलबन्द गरी उदारवादी भावनाले अघि बढोस् ।

निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई पनि शुभकामना व्यक्त गरिन्छ । लामो समयको प्रयास पश्चात् रा. प्र. पा. मा स्वच्छ प्रतिस्पर्धाबाट पदाधिकारीहरू चयन भएर दललाई व्यक्ति केन्द्रीत अवस्थाबाट उन्मुक्त गराएकामा फेरी पनि बधाई । सिद्दान्तत उठाउँदै आएका एजेन्डा हिन्दू अधिराज्य र राजसंस्था पुनर्स्थापनाका लागि शान्तिपूर्ण सडक आन्दोलन घोषणा गरियोस् भनी स्वतन्त्र नागरिक समाज जोडदार आग्रह गर्दछ ।

०७२ को संविधानले धर्म र राजालाई चिन्दैन । जसरी ०६२/०६३ आन्दोलन मार्फत संसद् पुनर्स्थापना गर्न लगाएर राजाद्वारै पुनर्स्थापित संसद्ले राजा र धर्म निषेध गरियो । अब फेरी बृहत् जनआन्दोलनबाटै यसको निर्णय गरियोस् भन्ने स्वतन्त्र नागरिक समाजको चाहना हो । स्मरण गरियोस् ।

 

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij