logo
बुधबार, साउन २७ २०८३
  • ट्रेन्डिङ
कमला ह्यारिस बनिन अमेरिकी राष्ट्रपतिय कार्यभार सम्हाल्ने पहिलो महिला

कमला ह्यारिस बनिन अमेरिकी राष्ट्रपतिय कार्यभार सम्हाल्ने पहिलो महिला


427
SHARES

अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिस

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसलाई शुक्रबार राष्ट्रपतिय अधिकार हस्तान्तरण गरेका छन् ।

कोलोनोस्पी परीक्षण गर्नुपूर्व बाइडेनले कार्यवाहक राष्ट्रपतिको जिम्मा ह्यारिसलाई दिएका हुन् ।

यो सँगै ह्यारिस अमेरिकी इतिहासमा राष्ट्रपतिय कार्यभार सम्हाल्ने पहिलो महिला बनेकी छिन् ।

ह्वाइट हाउसका अनुसार बाइडेनले शुक्रबार अमेरिकी समयानुसार साढे ११ बजे कार्यभार सुम्पिएका हुन् ।

राष्ट्रपति बाइडेन वासिङ्टनभन्दा बाहिर रहेको वाल्टर रिड सैनिक अस्पतालमा स्वास्थ्य परीक्षणका लागि जाँदैछन् ।

ह्वाइट हाउस प्रवक्ता जेन पास्कीले आफ्ना स्वास्थ्य अवस्था र कार्यभार हस्तान्तरण प्रक्रियाबारे ह्यारिस र चिफ अफ स्टाफ रोन क्लेनसँग छलफल गरेका छन् ।

एनेस्थिसियाका बिरामी रहेका बाइडेनले नियमित परीक्षण अन्तर्गत कोलोनोस्पी गर्न लागेका हुन् । यो समयभर ह्यारिसले ह्वाइट हाउसको पश्चिमतर्फको कार्यालयबाट कार्य गर्नेछिन् ।

ह्यारिस राष्ट्रपतिय कार्यभार सम्हाल्ने पहिलो महिला बनेकी छिन् । २५० वर्ष लामो अमेरिकी इतिहासमा कुनैपनि महिला राष्ट्रपति भएका छैनन् ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij