logo
मंगलबार, साउन २६ २०८३
  • ट्रेन्डिङ
कोलम्बियाका राष्ट्रपति चुनिए पूर्वगुरिल्ला

कोलम्बियाका राष्ट्रपति चुनिए पूर्वगुरिल्ला


344
SHARES

काठमाडौं । दक्षिण अमेरिकी मुलुक कोलम्बियामा पूर्वगुरिल्ला राष्ट्रपति चुनिएका छन्।

समाचार संस्था रोयटर्सका अनुसार आइतबार भएको चुनावमा एम-१९ गुरिल्ला मुभमेन्टका पूर्वसदस्य गुस्ताभो पेट्रो विजयी भएका हुन्।

६२ वर्षीय पेट्रो कोलम्बियाको इतिहासमा राष्ट्रपति चुनिने पहिलो वाम हुन्। यसअघि उनी माथिल्लो सदनका सदस्य थिए भने केही वर्ष पहिला उनले बोगोटाको मेयरका रूपमा पनि काम गरेका थिए।

आइतबारको चुनावमा पेट्रोले प्रतिष्पर्धी रोडोल्फो हर्नान्डेजलाई सात लाख बढी मतान्तरले हराएका हुन्। पेट्रोले ५०.५ प्रतिशत मत पाए भने हर्नान्डेजले ४७.३ प्रतिशत भोट ल्याए।

कोलम्बियामा झन्डै आधा मानिस कुनै न कुनै रूपको गरिबी सामना गरिरहेका छन्। पेट्रोले सामाजिक र आर्थिक नीति परिवर्तन गर्ने वाचा गरेका छन्।

चुनावी परिणामपछि राजधानी बोगोटामा समर्थकहरूलाई सम्बोधन गर्दै उनले अब कोलोम्बिया बदलिने बताए।

‘आजबाट कोलम्बिया परिवर्तन हुनेछ, कोलोम्बिया फरक हुनेछ,’ उनले भने। पेट्रोले अगस्ट ७ बाट कार्यभार सम्हाल्नेछन्।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij