logo
बुधबार, साउन २७ २०८३
  • ट्रेन्डिङ
मुस्लिमले पनि लगाए भाइटीका

मुस्लिमले पनि लगाए भाइटीका


436
SHARES

काठमाडौं । नेपालगन्जमा इस्लाम धर्मावलम्बीका अगुवाहरूले पनि हिन्दू समुदायजस्तै गरी दिदीबहिनीको हातबाट सप्तरङ्गी टीका र माला लगाएर तिहार मनाएका छन्।

शनिबार परेको तिहारमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष मोहम्मद सफिक बेहना, बाँके युनेस्को क्लबका संस्थापक अध्यक्ष प्रवेज अली सिद्धिकीलगायत इस्लाम धर्मावलम्बीहरूले तिहारमा भाइटीका लगाए ।

उनले ६/७ वर्षदेखि तिहार मनाउँदै आएका छन्। नेपालगन्ज उपमहानगरपालिका–१४, भवनियापुरकी लक्ष्मी चौधरीको हातबाट भाइटीका लगाएको उनी बताउँछन्।

तिहारमा हिन्दू समुदायजस्तै टीका माला लगाउँदा थप उत्साह र उमङ्ग छाउने इस्लाम समुदायको भनाइ छ। केही इस्लाम समुदायले हिन्दू समुदायकी दिदी बहिनीसँग टीका लगाएका थिए भने केहीले आफ्न दिदी बहिनीसँग टीका तथा हजारीका माला लगाए ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij