logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
भोलि मन्त्रिपरिषद् विस्तार हुन्छ : प्रचण्ड

भोलि मन्त्रिपरिषद् विस्तार हुन्छ : प्रचण्ड


295
SHARES

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

आज बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले बिहीबार सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठक बस्ने र सरकार विस्तार हुने ‘ब्रिफिङ’ गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

माओवादीका तर्फबाट अब तीन मन्त्री र एक राज्यमन्त्री थपिने जनाइएको छ । माओवादीका तर्फबाट अहिले जनार्दन शर्मा र पम्फा भुसाल सरकारमा सहभागी छन् ।

बैठकमा क(कसलाई मन्त्री बनाउने भन्नेबारेमा भने छलफल भएन । अर्का एक स्थायी कमिटी सदस्यका अनुसार ‘मन्त्री छान्नका लागि प्रचण्ड तनावमा’ छन् ।

‘आफूलाई मन्त्री बनाउनु पर्‍यो भनेर नेताहरूले दबाब दिएका छन् । अध्यक्ष तनावमा हुनुहुन्छ । त्यसकारण मन्त्रीका बारेमा छलफल नभएको होला’, ती नेताले भने ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij