logo
मंगलबार, साउन २६ २०८३
  • ट्रेन्डिङ
देउवा र आरजुको हेपाईले पार्टीमा बस्न सकिन भन्दै स्वर्णिम वाग्लेले छाडे कांग्रेस

देउवा र आरजुको हेपाईले पार्टीमा बस्न सकिन भन्दै स्वर्णिम वाग्लेले छाडे कांग्रेस


152
SHARES

काठमाडौं । अर्थशास्त्री डा.स्वर्णिम वाग्लेले कांग्रेस परित्याग गर्ने तयारी गरेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ– १ मा चुनाव लड्ने तयारीमा छन् ।

वाग्लेले नेता डा. शेखर कोइरालालाई म्यासेज लेख्दै आफू अब कांग्रेसमा रहन नसक्ने बताएका हुन् ।

प्रिय शेखर दाइ, हजुरहरूको अपार सद्भावका बाबजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा र आरजू गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो, वाग्लेले शेखरलाई पठाएको म्यासेजमा लेखेका छन् ।

उनी मंसिर ४ गतेको चुनावमा चितवन–१ बाट प्रतिस्पर्धा गर्न खोजे पनि विश्व पौडेललाई टिकट दिइएको थियो ।

कांग्रेसमा शेखरको निर्णायक हैसियत बनेको दिन सहकार्य गर्न सक्ने शर्त पनि उनले राखेका छन् ।

अर्थशास्त्री वाग्लेलाई रोक्न कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा लागिपरे पनि उनले आफू कांग्रेस छाड्ने निर्णयमा पुगिसकेको सन्देश उनीहरूलाई समेत पठाएका छन् ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका वाग्ले चर्चित अर्थशास्त्री हुन् । २०७९ साल मंसिरमा सम्पन्न चुनावका लागि कांग्रेसको घोषणापत्र लेख्ने टीममा उनी पनि थिए ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij