logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
एकीकृत समाजवादीको महासचिव बन्दै रामकुमारी झाँक्री !

एकीकृत समाजवादीको महासचिव बन्दै रामकुमारी झाँक्री !


661
SHARES

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले विहीबार महासचिवको टुंगो लगाउने भएको छ।

दोस्रो दिनको केन्द्रीय कमिटीको बैठकमा उक्त प्रस्ताव परेपछि महासचिवको टुंगो लगाउने निर्णय भएको हो।

माधवकुमार नेपाल अध्यक्ष, बरिष्ठ नेता झलनाथ खनाल भएपछि तेस्रो बरियताका लागि महासचिव तयार हुनेछन्।

महासचिवका लागि पुराना र नयाँ दुवै पुस्ताको धेरै जनाको नाम आएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

महासचिवका लागि बेदुराम भुसाल र विरोध खतिवडा पुरानो पुस्ताबाट प्रस्तावित छन् भने युवा पुस्ताबाट रामकुमारी झाँक्रीको पनि चर्चा हुदै आएको छ ।

आफै पार्टी अध्यक्ष रहेका माधब नेपाललाई पनि महासचिव युवा पुस्तालाई बनाउँन दबाद र चुनौति गरेको छ ।

यसैगरी स्थायी कमिटी सदस्य संख्या पनि थप गरेर तीन महिनाभित्र गरिने राष्ट्रिय सम्मेलनको मिति पनि तोकिने खतिवडाले बताए।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij