logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
धरान एमालेमा विद्रोह गरेर मनोज मेयाङ्बोले बागी उम्मेदवारी दिने

धरान एमालेमा विद्रोह गरेर मनोज मेयाङ्बोले बागी उम्मेदवारी दिने


251
SHARES

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) लाई सुनसरी–१ दिइएपछि नेकपा एमालेका असन्तुष्ट नेताहरुले विद्रोहको तयारी गरेका छन् ।

असन्तुष्ट नेताहरुले शनिबार भेला गरेर पार्टी नेतृत्वसँग निर्णय सच्याउन आग्रह गरेका छन् ।

‘पार्टी नेतृत्वलाई आज राति १२ बजेभित्र निर्णय सच्याउन समय दिएका छौं । निर्णय नसच्चिए विद्रोह हुन्छ’, धरानका पूर्वमेयर मनोज मेयाङ्बोले भने । सुनसरी–१ बाट निवर्तमान सांसद जयकुमार राईको नाम एकल रुपमा सिफारिस भएको थियो ।

तर जसपासँग तालमेल गर्दा यो क्षेत्र जसपाको भागमा परेको छ । ‘हामीले सर्वसम्मत रुपमा जयकुमार राईको नाम पठाएको हो । तर नेतृत्वले बेइमानी गरेको छ’, मेयाङ्बोले भने ।

पार्टीले निर्णय नसच्याए बागी उम्मेदवारी दिने समेत भेलाले निर्णय गरेको छ । पूर्वमेयर मेयाङ्बोले नै बागी उम्मेदवारी दिने छन् ।

‘मलाई सबैले समर्थन गर्छु भनिसक्नुभएको छ, आज राति १२ बजेसम्म पार्टीले निर्णय नसच्याए भोलि उम्मेदवारी दर्ता गर्छौ’ मेयाङ्बोले भने ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij