logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
चोलेन्द्रले झुटो लाञ्छना लगाए, समितिमा गएर जिरह गर्छुः ओमप्रकाश अर्याल

चोलेन्द्रले झुटो लाञ्छना लगाए, समितिमा गएर जिरह गर्छुः ओमप्रकाश अर्याल


375
SHARES

अधिवक्ता ओम प्रकाश अर्याल

काठमाडौं । वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्यालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई जिरह गर्न पाउनुपर्ने माग गरेका छन्। महाभियोग सिफारिस समितिमा निवेदन दिँदै अर्यालले जबराले लगाएका आरोपको सत्यतथ्य जाँच गर्न पनि माग गरेका छन्।

‘जबराले समितिमा बयान दिने क्रममा मलाई समेत लान्छना लगाई आरोपित गरेको हुँदा त्यसको सत्यताको जाँच गर्नको लागि सम्मानित समितिसमक्ष उपस्थित भई निजलाई जिरह गर्न पाउँ भनी सादर निवेदन गर्दछु, अर्यालको निवेदनमा भनिएको छ।

समितिको कठघरामा रहेका अभियुक्त जबराले बिनारोकटोक अरुलाई अनेक आरोप लगाउन पाउने तर उनले आरोप लगाएका पक्षले भने सफाइ गर्न नपाउने अवस्था नरहोस् भन्ने अर्यालको माग छ।

वरिष्ठ अधिवक्ता अर्यालले आफ्नी पत्नीलाई न्यायाधीश बनाउन माग गरेको तर आफूले न्यायाधीश नबनाइदिएपछि आफूविरुद्ध लागेको चोलेन्द्रले आरोप लगाएका थिए। अर्यालले भने चोलेन्द्रले लगाएको आरोप झुटो भएको र तथ्य नै गलत दिएको बताए।

चोलेन्द्रले अर्यालसहित बारका पदाधिकारी, वरिष्ठ अधिवक्ताहरु, पूर्वप्रधानन्यायाधीशहरु, सर्वोच्च अदालतका बहालवाला न्यायाधीशहरु, राजनीतिक दलका शीर्ष नेतासम्मलाई विभिन्न आरोप लगाएका छन्। उनले विवादमा मुछेका व्यक्तिलाई पनि समितिले सोधपुछ गर्ने भएको छ।

बिहीबार उनीहरुसँग सोधपुछ गर्न बोलाउने निर्णय भएको समितिका सभापति कांग्रेस सांसद रामबहादुर विष्टले जानकारी दिए। समितिले राजनीतिक दलका नेताहरुलाई भने समितिमा नबोलाउने भएको छ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij