दैनिक न्युज नेपाल
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल तोक्नु उचित नभएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिको बैठक पछि बोल्दै प्रमुख सचेतक भट्टराईले भने, निर्वाचन आयोगले हाम्रो कार्यकाल तोक्ने कुरा उचित होइन ।
उनले प्रतिनिधिसभाको कार्यकालबारे सरकारले विधेयक ल्याउने तयारी गरे पनि विरोधपछि त्यो पनि झन अन्योल भएको बताए । उनले भने,‘सरकारले कार्यकालका सम्बन्ध बिधेयक ल्याएर क्लिएर गर्न खोजेको थियो । तर बाहिर चर्को बिरोध गरेपछि कानुनमन्त्रीले फिर्ता गर्नुभयो । त्यो बेला एउटा निकास दिन सकेको भए हुन्थ्यो, त्यो नहुदा अन्योलता कायमै रह्यो ।
तथापि विगतमा समानुपातिक तर्फको बन्द सुची बुझाउनु अघि नै कार्यकाल सकिए सकिने अभ्यास पनि रहेको छ ।
बैठकमा काङ्ग्रेस सांसद मीन विश्वकर्मा, भीमसेनदास प्रधानले पनि प्रतिनिधिसभाको कार्यकाल सम्बन्धमा निर्वाचन आयोगले संघीय संसदलाई पठाएको पत्रका सम्बन्धमा विरोध जनाएका थिए ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij