logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
राष्ट्रिय स्वतन्त्र पार्टीका हेटौंडा नगर संयोजक २१ दिनमै निलम्बन

राष्ट्रिय स्वतन्त्र पार्टीका हेटौंडा नगर संयोजक २१ दिनमै निलम्बन


244
SHARES

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी हेटौँडा उपमहानगरपालिकाका संयोजक सन्तोष न्यौपाने निलम्बनमा परेका छन् । नगर संयोजक बनेको २१ दिनमै उनलाई निलम्बन गरिएको हो ।

पार्टीको मुल सिद्धान्त, विचार, धारणा र नीतिविपरित फेसबुकमा स्टाटस राखी पार्टीको छविलाई बदनाम गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता एवम् महामन्त्री डा. मुकुन्द ढकालले निलम्बनको पत्र पठाएका हुन् ।

गत साउन २७ मा हेटौँडा भएको प्रदेश भेलाले भेलाले न्यौपानेलाई हेटौँडा उपमहानगरपालिकाको संयोजकमा चयन गरेको थियो ।

 

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij