logo
शुक्रबार, साउन १५ २०८३
  • ट्रेन्डिङ
एमालेबाट चोइटिएर गएकाहरू समाप्त हुन्छनः ईश्वर पोखरेल

एमालेबाट चोइटिएर गएकाहरू समाप्त हुन्छनः ईश्वर पोखरेल


392
SHARES

काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले एमालेबाट चोइटिएर गएकाहरू समाप्त हुने बताएका छन् ।

शनिबार नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पोखरेलले एमालेबाट चोइटिएर जानेहरूको भविष्य नभएको बताएका हुन् ।

उनले एमालेको चरित्र विभाजन र विखण्डन नभई एकताको पक्षपोषण गर्ने रहेको उल्लेख गर्दै विगतमा भएको विभाजन नटिकेको बताए । विभाजनको भविष्य अन्धकार रहेको र विभाजन धेरै नटिकेर समाप्त हुने उनले बताए ।

‘अहिले देखापरेको नकारात्मक धार को–को नेता गए, को–को नेता चोइटिएर गए त्यो छोडिदिनुस्। म एउटा कुरा भन्न चाहन्छु। त्यो नकारात्मक धार, विग्रहको धार, विभाजनको धार, त्यो समाप्त हुनेछ। त्यसको भविष्य छैन।

त्यो अन्त्य हुनेछ भन्नेकुरा तपाईंहरूलाई म भन्न चाहन्छु,’ पोखरेलले भने ।

उनले राष्ट्रिय आवश्यकतालाई बेवास्ता गरेर भएको पार्टी फुटलाई गलत कर्म भएको भन्दै त्यसको अन्त हुनु स्वाभाविक भएको बताए ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij