logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
राष्ट्रपतिलाई देउवाको जवाफः अध्यादेशजस्तै नागरिकता विधेयक ल्याएका हौं

राष्ट्रपतिलाई देउवाको जवाफः अध्यादेशजस्तै नागरिकता विधेयक ल्याएका हौं


442
SHARES

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाली कांग्रेसका नेताहरुसँग नागरिकता विधेयकका विषयमा चासो राखेकी छन् ।

सोमबार दिउँसो कांग्रेस नेताहरुसँग शीतल निवासमा भेट गरेकी उनले नागरिकता विधेयकका विषयमा चासो राखेकी भेटमा सहभागी एक नेताले जानकारी दिए ।

प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेको नागरिकता विधेयक हालै राष्ट्रपति भण्डारीले फिर्ता पठाएकी थिइन् । उक्त विधेयकलाई प्रतिनिधिसभाले हुबहु पारित गरिसकेको छ भने हाल राष्ट्रियसभाको विधायन समितिमा छ ।

‘नागरिकताको बारेमा उहाँका केही जिज्ञासाहरु थिए । प्रधानमन्त्रीले पूर्व सरकारले ल्याएको अध्यादेश अनुसार नै विधेयक ल्याएको प्रष्ट पार्नुभयो’ राष्ट्रपतिसँगको भेटमा सहभागी एक नेताले भने ।

राष्ट्रपति भण्डारीले चुनावका बारेमा पनि चासो राखेकी थिइन् । निष्पक्ष चुनावको होस भन्ने राष्ट्रपतिको सदिक्षा थियो’ उनले भने ।

राष्ट्रपतिसँगको भेटमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र सञ्चार मन्त्री ज्ञानेन्द्र ब कार्की सहभागी थिए ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij