logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
विदेश पलायन भइरहेको दक्ष जनशक्तिलाई रोक्नुपर्छः नैनसिंह महर

विदेश पलायन भइरहेको दक्ष जनशक्तिलाई रोक्नुपर्छः नैनसिंह महर


215
SHARES

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले दिनहुँ देशको दक्ष जनशक्ति विदेश पलायन हुनु दुःखद भएको बताएका छन् ।

नेपाल विद्यार्थी संघले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता महरले नेपालमा शिक्षालाई उत्पादनमुखि बजारसँग जोड्न नसक्दा दक्ष जनशक्ति विदेश पलायन हुन बाध्य भइरहेको बताएका हुन्।

‘एक तथ्यांकले हाम्रो देशका ४० प्रतिशत इन्जिनियर, ५० प्रतिशत डाक्टर, ५७ प्रतिशत पाइलट र ६० प्रतिशत नर्सले देश छाडिसकेका रहेछन्। जुन निकै डर लाग्दो तथ्यांक हो। यसरी देशको दक्ष जनशक्ति विदेश पलायन हुने हो भने हामीले कसरी देश बनाउन सकौँला र? महरले भने।

उनले आफूले विश्लेषण गर्दा लगानी नेपाल जस्तो गरिब मुलुकले गर्ने र फाइदा धनी मुलुकले लिने अवस्था रहेको बताए। ‘त्यसैले अब हामी शिक्षालाई उत्पादनमुखि बजारसँग जोड्ने सवालमा गम्भीर हुनुपर्छ। राज्यको पहिलो दायित्व भनेको पनि त्यही नै हो। हामीले दक्ष जनशक्तिलाई देशमै रोक्न सक्यौ भने मात्रै देशले अपेक्षित विकास गर्न सक्छ ।

नेता महर भन्छन्। महरले शिक्षा र स्वास्थ्यलाई राज्यले गुणस्तरीय तथा निःशुल्क बनाउनुपर्ने एजेण्डालाई प्राथमिकताका साथ उठाउँदै आएका छन्। उनी नेपाल विद्यार्थी संघका पूर्व अध्यक्षसमेत हुन्।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij