logo
शुक्रबार, साउन १५ २०८३
  • ट्रेन्डिङ
न्यायालयमा सुधारको प्रयास भइरहेको छः दीपककुमार कार्की

न्यायालयमा सुधारको प्रयास भइरहेको छः दीपककुमार कार्की


389
SHARES

काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायालयमा सुधारको प्रयास भइरहेको बताएका छन् ।

विशेष अदालतको नवनिर्मित भवनको उद्घाटन गर्दै सोमबार उनले अदालतमा ढिलासुस्ती, भ्रष्टाचार, अनियमितता भएको बाहिर सुनिँदै आएपनि विकृति र विसगंतिलाई हटाउँदै सुधारका प्रयास भइरहेको बताएका हुन् ।

‘न्यायापालिकामा निरन्तर सुधारको प्रयास भइरहेको छ, कामु प्रन्यायाधीश कार्कीले भने, सर्वोच्च अदालतमा मुद्दाको फछ्र्योट आठ प्रतिशत थियो, अहिले असार मसान्तसम्म मुद्दा फछ्र्योटको सङ्ख्या बढेर १९।२ प्रतिशत भएको छ ।

सर्वोच्च अदालतमा पुराना मुद्दाको फछ्र्योट गर्ने उद्देश्यले अहिले शुक्रबार पनि पूरा सयम काम गर्नसमेत प्रारम्भ गरिएको छ ।

न्यायालयमा भएका विकृति विसगंतिलाई न्यूनीकरण गर्न सर्वोच्च अदालतमा न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन भइरहेको उनको भनाइ थियो ।

‘सर्वोच्च अदालतमा पाँच वर्ष, सात वर्ष र १० वर्षका मुद्दा पनि छ भन्दा मलाई पनि आत्मग्लानी हुन्छ,ु कामु प्रधानन्यायाधीश कार्कीले भने, अब यो अवस्था नरहोस् भनेर निरन्तर मुद्दा फछ्र्योट गरेर सुधार गर्ने काम गरिरहेको छौँ, सबै अदालतले सेवाग्राहीलाई खुसी बनाएर पठाउनुस् ।

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायापालिकाले राम्रो कामका लागि सम्मान गर्दै न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयनमा लैजानुपर्ने माग गरे ।‘सर्वोच्च अदालतमा अहिले पनि १० वर्षसम्मका मुद्दा बाँकी छन्, उनले भने, ‘फैसला ढिला हुँदा सेवाग्राही निराश भएका छन् ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij