logo
शुक्रबार, साउन १५ २०८३
  • ट्रेन्डिङ
एक हप्ताभित्र सिट बाँडफाँट टुंगो लाग्छः लीलामणि पोखरेल

एक हप्ताभित्र सिट बाँडफाँट टुंगो लाग्छः लीलामणि पोखरेल


269
SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले एक हप्ताभित्र सिट बाँडफाँट टुंगिने बताएका छन् ।

उनले भने, ‘राजनीतिमा सम्भव र असम्भव भन्ने पदावलि हुँदैनन् । सिट मापदण्डमा समाधान भयो भने कुनै अप्ठ्यारो पर्दैन । बाहिर हल्ला चलेजस्तो नेपाली कांग्रेसले पनि मेरो गोरुको बाह्रै टक्का भनेको छैन । अफिसियल्ली सय सिट भनेको पनि छैन । एक हप्ताभित्र सिट बाँडफाँट टुंगो लाग्छ ।

चुनावी तालमेल भए पनि कांग्रेससँग साझा घोषणापत्र नबन्ने उनले स्पष्ट पारे । पोखरेलले भने, “हाम्रो र कांग्रेसको सिद्धान्त र दृष्टिकोणमा भिन्नता छ ।

हामीले संविधानको रक्षा र संसदको पूर्ण अवधिका निम्ति मात्र सहकार्य गरेका हौं । त्यसैले कांग्रेस र हाम्रो साझा घोषणापत्र बन्दैन । माधव नेपाल, बाबुराम भट्टराई र वामदेव गौतमहरुसँग भने बन्न सक्छ । बाबुराम र वामदेव त माओवादीकै चुनाव चिह्नमा लड्ने भैसक्नुभएको छ । पाँच दलीय गठबन्धनमा अन्य पार्टीको सहकार्यलाई इन्कार नगरिने पनि उनले बताए ।

आफ्नो पार्टी आगामी निर्वाचनमा एकताबद्ध भएर जाने पनि पोखरेलको भनाइ छ । उनले थपे, नेपाली वामपन्थी आन्दोलनमा पनि संसदीय राजनीतिका विकृति छन् । पद र पैसाका लागि आफैं नेतृत्वमा जानुपर्छ, सांसद र मन्त्री बन्नुपर्छ भन्ने धारणा विकास भएको छ । तर हामी एकताबद्ध भएर निर्वाचनमा जान्छौं ।

अर्को प्रसंगमा उनले दिवंगत कांग्रेस नेता एवं सांसद प्रदीप गिरि गहन अध्येता–दार्शनिक, पद, पैसा र प्रतिष्ठामा लालायित नहुने नेता भएको बताए । उनले भने, उहाँ कुनै पनि कुकर्ममा समाहित नभएको र बर्जुवा राजनीतिको एउटा आदर्श हो ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij