logo
शुक्रबार, साउन १५ २०८३
  • ट्रेन्डिङ
पाँच दलले राष्ट्रपतिको अपमान गरेः केशव बडाल

पाँच दलले राष्ट्रपतिको अपमान गरेः केशव बडाल


293
SHARES

काठमाडौं । नेकपा एमालेका नेता केशव बडालले बालुवाटारमा पाँच दलको बैठक बसेर संसदलाई निर्देशन गर्नु लोकतन्त्रविरोधी र संविधानविरोधी काम भएको आरोप लगाएका छन् ।

बडालले भने, “हिजो संसद्मा नागरिकता विधेयक जस्ताको तस्तै पास गर्नुपर्छ भनेर केही नेताहरु बुरुबुरु उफ्रेको देखें । बालुवाटारमा पाँचजना टाउको बसेर संसद्लाई निर्देशन गर्नु संविधानविरोधी र लोकतन्त्र विरोधी काम हो । लोकतन्त्रको डंका पिट्ने सांसदहरुले नै गोटीजस्तो बनेर लुरुलुरु विधेयक पास गरे ।

हिजो केपी ओलीले यस्तै विधेयक अध्यादेशका रुपमा राष्ट्रपतिलाई पठाउँदा प्रमाणीकरण गर्नुभएको होइन भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, अध्यादेशमा राष्ट्रपतिले पुनर्विचार गर्ने ठाउँ हुँदैन । त्यो पनि हाउस सुरु भएको ६० दिनभित्र पास गर्नुपर्छ । उहाँले संविधानको अक्षर र भावनाविपरीत जान मिल्दैन । एक इन्च पनि जानुहुन्न । राष्ट्रपति विद्यादेवी भण्डारीले साउन २९ मा १३ बुँदे सुझावसहित नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । त्यसलाई हिजो संसद्ले बहुमतका साथ हुबहु पारित गरेको छ ।

अब राष्ट्रपतिले के गर्नुपर्ला भनी सोधिएको प्रश्नमा नेता बडालले भने, “राष्ट्रपतिको कुरा मलाई थाहा हुन्न । तर राष्ट्रपतिलाई लान्छित गर्ने, अपमान गर्ने काम गर्नुहुँदैन । यो सरकारले कहींको इशारामा नागरिकता विधेयक ल्याएको हो । नगर्नुपर्ने काम गरेको छ, गर्नुपर्ने काम केही गरेको छैन । एमाले नागरिकता प्राप्तिमा एउटा नेपाली नछुटोस्, एउटा विदेशी नछिरोस् भन्ने चाहना राख्छ ।

आगामी निर्वाचनमा एमाले एक्लै लड्ने पनि उनको उद्घोष छ । बडालले भने, “पाँच दलीय गाँठो(बन्धनसँग हामी एक्लै लड्ने तयारीमा छौं । तर कुनै पनिसंघीय र प्रदेश निर्वाचन क्षेत्रमा हामी मिलेर लड्छौं भनियो भने जबर्जस्ती गर्दैनौं, पार्टी केन्द्रले उदारतापूर्वक लिन्छ ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij