दैनिक न्युज नेपाल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले फोहोरको व्यवस्थापन गर्न नदिएर, फोहोरमाथि राजनीति गरेर बलेन शाहलाई बदनाम गर्ने खेल भएको बताएका छन् ।
सोमबार प्रदेश नं १ इटहरीको प्रदेश भेलामा बोल्दै रविले स्वतन्त्रबाट वा नयाँ आएकाहरुले केही गर्न सक्दैनन् भन्ने प्रमाणित गर्नका निमित्त बलेनलाई बदनाम गर्ने खेल भएको बताएका हुन् ।
‘जनताले सम्बोधन गरेर, आँट गरेर, साहस गरेर जिताएर पठाएकाहरुहरुलाई असफल पार्ने साँधकाट गरिएको छ । कुनै पनि हालतमा बालेनलाई असफल हुन दिनेछैनौं, हामी त्यसका लागि जे गर्न पर्छ तयार छौं’, उनले भने ।
उनले हर्कहरु बालेनहरु असफल भए भने अरु स्वतन्त्रहरुले पनि केही गर्न सक्दैनन् भन्ने बनाउन घिन लाग्दो राजनीति भइरहेको बताए । ‘यदि हर्कहरु बालेनहरु असफल भए भने अरु स्वतन्त्रहरुले पनि केही गर्न सक्दैनन् भन्ने बनाउन घिन लाग्दो राजनीति खेल सुरु भइसकेको छ’, उनले भने ।
जनताले आशा गरेर जिताएर पठाएका युवा राजनीतिज्ञहरुको सफलताको लागि पनि राष्ट्रिय स्वतन्त्र पार्टी सत्तामा जान पर्ने उनले बताए ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij