logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
रेखा थापा र कुन्ती शाहीले गरिन ओलीसँग भेटवार्ता

रेखा थापा र कुन्ती शाहीले गरिन ओलीसँग भेटवार्ता


822
SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अभिनेत्री एवं राप्रपा केन्द्रीय सदस्य रेखा थापाबीच भेटवार्ता भएको छ ।

ओली निवास बालकोटमा बुधबार भएको भेटमा राप्रपा महामन्त्री कुन्ती शाही पनि उपस्थित थिइन् । भेटबारे  कुरा गर्दै रेखाले समसामयिक राजनीति र चुनावबारे ओलीसँग छलफल भएको बताइन् ।

‘समग्रमा देश र अहिलेको राजनीतिक अवस्थाबारे पार्टीगत कुराकानी भयो,’ रेखाले भनिन्, ‘राजनीतिमा छोरीहरुको अवस्थाबारे पनि छलफल भयो । उहाँ अभिभावकजस्तै हो नि त ।’

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले राप्रपासँग तालमेल गर्न सक्ने सम्भावनाको पृष्ठभूमिमा ओलीसँग रेखा र कुन्तीले भेट गरेका छन् । यसबारे पनि कुराकानी भएको रेखाले बताइन् ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij