दैनिक न्युज नेपाल
काठमाडौं । विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी गरेका छन् ।
आफू निकट केन्द्रीय सदस्यहरुलाई इमेल पठाएर आफ्नै नेतृत्वमा दल दर्ता गर्न निर्वाचन आयोगमा जानुपर्ने प्रस्ताव अघि सारेका हुन् ।
उनले केही समय अगाडि विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका थिए । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गर्न आयोग जानुपर्ने बताएका छन् ।
‘दल दर्ता नगर्नु देशका विभिन्न ठाउँमा तराजु चुनाव चिन्हमा चुनाव लड्न चाहने र पार्टीको यस्तो अवस्थामा पनि पार्टीप्रति प्रतिवद्ध भएर बस्ने सबैका लागि अन्याय हुनेछ,’ मिश्रले भनेका छन्, ‘कानूनतः म अझै पनि पार्टीका लागि जिम्मेवार छु र म अब सक्रिय नहुने हो भने दल दर्ता हुने देखिँदैन । तसर्थ म साथीहरूलाई विनम्र आग्रह गर्दछु । यसलाई गम्भिरतापूर्वक लिइदिनु हुनेछ भन्ने विश्वास लिएको छु ।’
उनले अध्यक्षका लागि पार्टी दर्ता भएपछि पनि प्रयास गर्दै गर्न तर, हाललाई भने सकभर बुधबार नै पार्टीको केन्द्रीय कार्यालयमा मध्यान्ह १२ बजेपछि गएर त्यहाँ राखिएको मिनेट बुकमा हस्ताक्षर गरिदिन आग्रह गरेका छन् ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij