दैनिक न्युज नेपाल
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा हजुरबुवालाई हराएरै छाड्ने भन्दै सागर ढकाल अहिले डडेल्धुरा पुगेका छन् । ढकालले देउवाविरुद्ध संसदीय चुनावमा लड्ने उदेश्यका साथ डडेल्धुरा पुगेका छन् ।
ढकालले देशले पाँच पटक प्रधानमन्त्री बनाएकै जन्मघर घर वरिपरि देश रोएको बताएका छन्। बिबिसीमा शेर बहादुर देउवालाई कडा प्रश्न सोधेर चर्चामा आएका ढकालले चुनाव जित्ने सम्भावना बढेको छ । उनले गाउँगाउँमा पुगेर जनताको मन जित्न थालेका छन् ।
उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै यस्तो बताएका हुन् । उनले लेखेका छन्, ‘देशले पाँच पटक प्रधानमन्त्री बनाएको घर वरिपरि देश रोएको छ। उहाँ जन्मेको घर नै धरापमा छ, नगएको दसक भयो, पाच बर्षमा एक पटक त्यो पनि चुनावमा, त्यो पनि हेलिकप्टरमा। देशको लागि अब कस्तो प्रधानमन्त्री भन्ने बहस अब प्रधानमन्त्रीकै जन्म घरमा बसेर बहस गरौं।’
देउवाको पुख्यौली घर पुगेका ढकालले ‘शेरबहादुर हजुरबा भन्दै उनकै जन्मघरमा बहसको लागि निमन्त्रणा समेत गरेका छन्। पाँच वर्षअघि बिबिसीमा प्रसारण हुने साझा सवाल कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न सोधेर चर्चित बनेका व्यक्ति डडेल्धुराबाट संसदीय चुनाव लड्ने तयारीमा छन्।
गुल्मीका सागर ढकालले पाँच वर्षअघि प्रधानमन्त्री देउवालाई ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौंरु’ भन्दै प्रश्न गरेका थिए। देउवाले जवाफमा झोक्किँदै ‘तपाईं बढ्ता बोल्दैहुनुहुन्छ’ भनेर जवाफ फर्काएका थिए।
ढकाल पढ्नका लागि आफैं बेलायतको अक्सफोर्ड विश्वविद्यालय पुगेका थिए। उनले अक्सफोर्ड विश्वविद्यालयबाट पोलिसी एन्ड म्यानेजमेन्टमा एमएस्सी गरेका छन्।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij