logo
शुक्रबार, साउन १५ २०८३
  • ट्रेन्डिङ
गठबन्धन दलहरूको तालमेल संविधान विपरितः भीम रावल

गठबन्धन दलहरूको तालमेल संविधान विपरितः भीम रावल


252
SHARES

काठमाडौं । नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य डा.भीम रावलले विपरित सिद्धान्त हुँदाहुँदै गठबन्धनका दलहरुले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरित भएको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा बोल्दै नेता रावलले गठबन्धनमा आवद्ध राजनीतिक दलहरूको आ–आफ्नो सिद्धान्त भएको बताए ।

उनले गठबन्धनले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरित हुने बताए । उनले जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा लिने संवैधानिक व्यवस्था भएकोले विपरित सिद्धान्त भएका राजनीतिक दलहरुले तालमेल गर्नु गलत भएको बताए ।

नेता रावलले यस प्रकारको गठबन्धनले देशको राजनीतिलाई सिद्धान्तहिन, आर्दशहिन र गन्तव्यहिन दिशातर्फ धकेल्ने बताए ।

आगामी निर्वाचनमा सबै राजनीतिक दलहरुले आ–आफ्नो सिद्धान्त र नीतिमा अगाडी बढेर आफ्नो घोषणापत्रका आधारमा मत माग्नुपर्ने उनको भनाइ छ ।

उनले नेकपा ९एमाले० को समान विचार, समान दर्शन र समान कार्यक्रम भएका राजनीतिक दलहरूलाई मात्र एक ठाउँमा ल्याउने नीति रहेको स्पष्ट पारे ।

 

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij