logo
शुक्रबार, साउन १५ २०८३
  • ट्रेन्डिङ
जनकपुरमा सडकमै सुतेर मुख्यमन्त्री कार्यालयअघि सुकुम्बासीको विरोध

जनकपुरमा सडकमै सुतेर मुख्यमन्त्री कार्यालयअघि सुकुम्बासीको विरोध


263
SHARES

काठमाडौं। चुरे क्षेत्र जोगाउन र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन माग गर्दै आन्दोलनरत सुकुम्बासी र चुरे अभियानले सडकमै सुतेर प्रदर्शन गरेको छ ।

चुरे दोहन बन्द गर, छानबिन प्रतिवेदन सार्वजनिक गर, सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउ लगाएका माग राखेर उनीहरुले जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि सडकमै सुतेर प्रदर्शन गरेका हुन् ।

सुकुम्बासीका नाममा अर्कै व्यक्तिले चुरे तथा वन, जंगलको अतिक्रमण गरिरहेको र वास्तविक सुकुम्बासीहरु जग्गा पाउने अधिकारबाट वञ्चित भएको भन्दै उनीहरु लामो समयदेखि आन्दोलन गर्दै आएका छन् ।

उनीहरुले यसअघि जनकपुरधाम बन्द, झाडू जुलुस प्रदर्शन गर्दै मुख्यमन्त्री, जिल्ला प्रशासन, राजनीतिक दलका नेताहरुलाई ज्ञापन पत्र बुझाइसकेको अभियानका संयोजक सुनिलकुमार यादवले बताए । उनका अनुसार पछिल्लो समयमा सुकुम्बासीहरु रिले अनसन बस्दै आएका छन् ।

यादवले सिरहास्थित मारुती सिमेन्ट उद्योगले अतिक्रमण गरेको वन क्षेत्रबारे प्रदेश सरकारले ४ भदौ २०७८ मा समिति बनाएर छानबिन गर्ने बताए पनि कुनै ध्यान नदिएको बताए । उनले वास्तविक भूमीहिन, दलितलाई जग्गा नदिई अर्कै व्यक्तिलाई दिने गरेको आरोप समेत लगाएका छन् ।

 

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij