logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
अहिले पनि माओवादी राजनीतिको मुख्य शक्ति होः प्रचण्ड

अहिले पनि माओवादी राजनीतिको मुख्य शक्ति होः प्रचण्ड


247
SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिको मुख्य शक्ति माओवादी भएको बताएका छन्।

माओवादी केन्द्र निकट पत्रकारको संगठन प्रेस सेन्टर केन्द्रीय समितिको बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले यस्तो दाबी गरेका हुन्।

उनले नेपाली कांग्रेस र नेकपा (एमाले) तिर लक्षित गर्दै ठूला दललाई संघीयता मन नपरेको आरोप लगाए।

‘अहिले पनि पुराना ठूला दललाई संघीयता र गणतन्त्र मन परेको छैन, उनले भने, अहिलेको परिवर्तनको मुख्य हकदार माओवादी। त्यसैले नेपाली राजनीतिको अहिलेको मुख्य शक्ति पनि माओवादी। परिवर्तनको सबैभन्दा मुख्य वाहक माओवादी।

अप्ठ्यारो अवस्थामा पनि पार्टीलाई अगाडि बढाउन प्रेस सेन्टरको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रचण्डले प्रशंसा गरे।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij