logo
शुक्रबार, साउन १५ २०८३
  • ट्रेन्डिङ
राष्ट्रियतालाई बन्धक राखेर सरकारले विदेशी प्रभुको स्वार्थ सिद्ध गर्दैछः मोहन बानियाँ

राष्ट्रियतालाई बन्धक राखेर सरकारले विदेशी प्रभुको स्वार्थ सिद्ध गर्दैछः मोहन बानियाँ


225
SHARES

काठमाडौं । प्रतिनिधिसभा सदस्य मोहन बानियाँले वर्तमान सरकारले राष्ट्रियतालाई बन्धक राखेर विदेशी प्रभुको स्वार्थ पूर्ति गर्ने काम गरिरहेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा उनले सर्वत्र विरोधका बीच सरकारले ‘एमसीसी’ पास गरेको स्मरण गराउँदै लगत्तै एसपीपी’ सम्झौता गर्ने योजनामा रहेको अवस्थामा सडकमा व्यापक विरोध प्रदर्शन भएपछि पछाडि हटेको बताए ।

सरकारले एसपीपी सम्झौता नगर्ने भन्दै आए पनि अहिलेसम्म अमेरिकालाई पत्र नपठाएको भन्दै सरकारको ध्यानाकर्षण गराए । सरकारले सेना प्रमुखलाई इन्डोप्यासेफिक स्ट्राटेजीको अंगका रुपमा रहेको कार्यक्रममा सामेल हुन मेलबर्न जान अनुमति दिएको विषयमा पनि उनले प्रश्न उठाए ।

उनले नागरिकता विधेयकमाथि व्यापक संशोधन प्रस्ताव आउँदा आउँदै पनि हतारमा पारित गरिएको भन्दै त्यसले दुरगामी असर पर्ने चेतावनी दिए ।

 

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij