logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
रुकुमपश्चिम सिङ्गो एमाले जिल्ला कमिटी नै एकीकृत समाजवादीमा

रुकुमपश्चिम सिङ्गो एमाले जिल्ला कमिटी नै एकीकृत समाजवादीमा


401
SHARES

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले (नेकपा) एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेसँगै एमाले छाड्ने नेताहरुको लर्को लागेको छ ।

पछिल्लो समय नेकपा एमाले वडा, नगर, जिल्ला, प्रदेशदेखि केन्द्रसम्मका नेताहरुले नेकपा समाजवादी रोज्ने गरेका छन् । निर्वाचन आयोगले यही भदौं २२ गते सम्मका लागि दल रोज्ने समय निर्धारण गरेपछि एमाले छाड्ने नेताहरुको लर्को लागेको हो।

यसैबीच रुकुमपश्चिममा नेकपा एमाले जिल्ला कमिटीका अधिकांश सदस्य नेकपा एकीकृत समाजवादीमा समाहित भएका छन् ।

कमिटीका अध्यक्ष विमलकुमार पुनका अनुसार अपवादमा केही सदस्य छाडेर नेकपा एमालेको सिङ्गो जिल्ला कमिटी नै नेकपा एकीकृत समाजवादीमा सामेल भएका हुन्।

एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित खगेन्द्रप्रसाद पुरी र कर्णाली प्रदेशसभा सदस्य देवी ओली पनि नेकपा एकीकृत समाजवादीमा समाहित भएको अध्यक्ष पुनले बताए। ।

नेकपा एमालेको साविक ६५ सदस्यीय जिल्ला कमिटीमध्ये पाँच जना यसअघि नै नेकपा माओवादी केन्द्रमा प्रवेश गरिसकेको र बाँकी रहेकाअधिकांश सदस्य नेकपा एकीकृत समाजवादीमा सामेल भएको पुनको दावी छ ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij