logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
वडा सदस्यका लागि भिन्न पार्टीबाट देवार र भाउजु भिड्दै

वडा सदस्यका लागि भिन्न पार्टीबाट देवार र भाउजु भिड्दै


213
SHARES

काठमाडौं । स्थानीय तहको चुनाव सिन्धुलीमा रोचक भिडन्त हुने भएको छ । परिवारको सदस्यबिच सिन्धुलीको कमलामाई नगरपालिकामा चुनावी मैदानमा उत्रिएका छन् । देवर–भाउजु नै फरक फरक पाटीबाट चुनावी मैदानमा उत्रिएका हुन् ।

कमलामाई नगरपालिका ५ नम्बर वडामा देवर माओवादी र भाउजु कांग्रेसबाट वडा सदस्य पदको दौडमा छन् । कांग्रेसबाट भाउजु सम्झना रोक्का र माओवादीबाट पदम बहादुर रोक्का ‘पवन’ वडा सदस्य पदका उम्मेद्वार छन् । पवन खुला सदस्य र सम्झन महिला सदस्यबाट भिडिरहेका छन् ।

फरक पाटी भएपनि एक आपसमा सौहार्दतापुर्व तरिकाले देवर–भाउजु चुनावमा होमिएका छन् । देवर–भाउजु बिहानै घरबाट निस्किएर रातीमात्रै घरमा आइपुग्छन् ।

माओवादीबाट वडा सदस्यमा होमिएका पवन रोक्काले घरभित्र देवर–भाउजु, गेट बाहिर गएपछि आ–आफ्नो पार्टीको काममा लाग्ने गरेको बताउनुभयो । कमलामाई नगरपालिका ५ नम्बर वडाको अध्यक्षमा कांग्रेसबाट पुर्णबहादुर खड्का र एमालेबाट चुडामणि श्रेष्ठ चुनावमा भिड्दै छन् ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij