logo
शुक्रबार, साउन १५ २०८३
  • ट्रेन्डिङ
कर्ण मल्लप्रति आरजुको आक्रोशः स्वार्थ पूरा भएपछि पार्टी छोडे

कर्ण मल्लप्रति आरजुको आक्रोशः स्वार्थ पूरा भएपछि पार्टी छोडे


241
SHARES

काठमाडौं । डडेल्धुरा अमरगढी नगरपालिकाद्धारा आयोजित चुनावीसभा सम्वोधन गर्न जिल्ला पुगेकी नेपाली कांग्रेस सभापती शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आर्जु देउवा राणाले समृद्धि नेपाली कांग्रेसले मात्रै ल्याउने बताएकी छन्।

बुधबार जिल्ला सदरमुकाममा आयोजित सभालाई सम्वोधन गर्दै डा देउवाले विकास निर्माण बेरोजगारी समस्या समाधान कांग्रेसले मात्रै गर्न सक्ने भन्दै रुखमा मतदान गर्न मतदातालाई आग्रह गरेकी हुन्।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा। देउवा गृह जिल्ला डडेल्धुरा बुधबार पुगेकी हुन्।

जिल्लामा पार्टी २ फ्याक भएपछि उनी मतदाता रिझाउन गृह जिल्ला डडेल्धुरा पुगेकी हुन्। जिल्लामा पूर्व सभापति कर्णबहादुर मल्ल पक्ष नेपाली कांग्रेस विपीमा गएपछि डा देउवालेसमेत आक्रोश पोखेकी छिन्।

फाइदाका लागि कांग्रेस भएका र स्वार्थ पूरा भएपश्चात पार्टी छोडेको उनले भनिन्। मल्लको समूह एमालेसँग तालमेलगरी चुनाव चिह्न करुवा बोकेर स्थानीय चुनावमा होमिएको छ।

अमरगढी नगरपालिकामा स्थानीय निर्वाचनका लागि कांग्रेसले प्रमुखमा डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाललाई प्रत्याशीकारुपमा अगाडि सारेको कुरा उल्लेख गदै दुवैजनाले अमरगढी नगरपालिकामा विकास र समृद्धी हुने भन्दै रुखमा भोटहाल्नका निमित्त अनुरोधसमेत गरेकी छन्।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij