logo
शुक्रबार, साउन १५ २०८३
  • ट्रेन्डिङ
एमालेको घोषणापत्रमा मान्छे छैन, अग्ला भवन र भ्यूटावर मात्र छः विश्वप्रकाश शर्मा

एमालेको घोषणापत्रमा मान्छे छैन, अग्ला भवन र भ्यूटावर मात्र छः विश्वप्रकाश शर्मा


231
SHARES

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रमा नेकपा एमालेले अग्ला भवन र भ्यूटावरलाई प्राथमिकतामा राखेको तर कांग्रेसले मान्छेलाई प्राथमिकता दिएको बताएका छन् ।

बुधबार कांग्रेसले विराटनगरमा गरेको आमसभामा बोल्दै उनले एमाले र कांग्रेसको घोषणापत्रको तुलना गरेका हुन् ।

‘एमाले र कांगेसको घोषणापत्र पढ्नुस्, समृद्धिको कुन बाटो रोज्ने तपाई रोज्न सक्नुहुन्छ, उनले भने, एमालेको घोषणापत्रमा एउटा पनि मान्छेको अनुहार राखिएको छैन, कांग्रेसको घोषणापत्रमा तपाईंले आफूलाई देख्नुहुन्छ, तपाईको आमा उभिएको देख्नुहुन्छ, भाइ, बहिनी वा बाबा उभिएको देख्नुहुन्छ ।

एमालेको घोषणापत्रमा भने अग्ला अग्ला भवन र भ्यूटावर देखिएको तर मान्छेको अनुहार नदेखिएको महामन्त्री शर्माले भने । कांग्रेसले भने ह्वील चेयरमा बस्ने र सुकुम्बासीहरुलाई घोषणापत्रमा प्राथमिकता दिएको उनले बताए ।

महामन्त्री शर्माले कांग्रेसले स्थानीय तह निर्वाचनमा तालमेल गर्नुपर्ने बाध्यता भएको बताए । संविधानलाई ठीक ठाउँमा ल्याउन गठबन्धन बाध्यतात्मक भएको उनको भनाइ छ ।

‘अहिले नेपाली कांग्रेस ७५३ स्थानीय तहमध्ये ६२४ स्थानको प्रमुख लिएर लडिरहेको छ, अहिलेको बेलामा कोही बलियो भएर होइन, संविधानलाई ठीक ठाउँमा ल्याउन कुन प्रवृत्तिलाई बलियो बनाउने भन्ने कुरा हो उनले भने ।

तालमेलबाट कांग्रेस स्थानीय तह निर्वाचनमा मात्र होइन प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि ठूलो दल बन्ने शर्माले बताए ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij