logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
कांग्रेसबाट उम्मेदवार बनेका राईले माग्न थाले एमाले उम्मेदवारलाई भोट

कांग्रेसबाट उम्मेदवार बनेका राईले माग्न थाले एमाले उम्मेदवारलाई भोट


2.3K
SHARES

काठमाडौं। भोजपुरको आमचोक गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका कांग्रेस नेतृ भगवती राईले नेकपा एमालेका उम्मेदवारलाई समर्थन जनाएका छन् ।

कांग्रेसबाट उम्मेदवार बनेका राईले उम्मेदवारी फिर्ता लिन खोज्दा कांग्रेस र माओवादीका नेताहरूले ‘बन्धक बनाई’ फिर्ता लिन नदिएको आरोप लगाउँदै आफू निर्वाचन प्रचार र घरदैलोमा उपस्थित नहुने समेत जनाए ।

विज्ञप्ति जारी गर्दै राईले आफू उम्मेदवारका रूपमा मत माग्न असमर्थ भए पनि आफ्नो गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार वसन्त राईलाई मतदान गर्न आग्रह गरेका छन् ।

‘नेकपा एमाले आमचोकसँग पार्टीको सहमति भए अनुसार अध्यक्ष पदका उम्मेदवार वसन्त राईलाई चुनाव चिन्ह सूर्यमा र उपाध्यक्ष पदको उम्मेदवार छिरिङ शेर्पालाई चुनाव चिन्ह रूपमा मतदान गरी अत्यधिक मतले विजयी गराउनुहुन सबै मतदाता समक्ष हार्दिक अपिल गर्दछु’, विज्ञप्तिमा उल्लेख छ ।

आमचोक गाउँपालिकामा स्थानीय कांग्रेस नेताहरूले एमालेसँग तालमेल गरेका थिए ।

कांग्रेसको जिल्ला नेतृत्वले एमालेसँगको तालमेल तोड्न निर्देशन दिए पनि कार्यान्वयन हुन सकेको थिएन ।

कांग्रेसभित्रको आन्तरिक विवादका कारण सो पालिकामा गठबन्धनको तालमेलमा समस्या उत्पन्न भएको हो ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij