दैनिक न्युज नेपाल
काठमाडौँ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका उपाध्यक्ष पदकी उम्मेदवार मञ्जु भण्डारी नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् ।
एमालेबाट पालिका उपाध्यक्ष पदकी उम्मेदवार रहेकी भण्डारी शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा कांग्रेस प्रवेश गरेकी हुन् ।
उनलाई कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टी प्रवेश गराएका थिए ।
उनले एमाले परित्यागको घोषणासहित कांग्रेस प्रवेशका विषयमा शनिबार एक विज्ञप्ति पनि जारी गरेकी थिइन् ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij