दैनिक न्युज नेपाल
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापित एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिले थप विवादित बनेका छन् ।
स्थापितले सार्वजनिक कार्यक्रममा महिलालाई होच्याउने र चरित्र हत्या गर्ने अभिव्यक्ति दिएको भन्दै महिला पुनर्स्थापना केन्द्र (ओरेक), महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालसहित ४५ संघसंस्थाले उनलाई कारबाही गर्न माग गरेका छन्।
‘युर आर नाइस लेडी तर तपाईंको थुतुनो ठीक छैन’, ‘यो बहिनीले पनि वेश्यावृत्ति गर्छ भनेर म पनि छपाऊँ’ भन्नु’ आफैंमा लैंगिक हिंसा भएको उल्लेख गर्दै उनीहरूले स्थापितलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
स्थापित उम्मेदवार हुन लायकको व्यक्ति नभएको भन्दै एमालेले उनलाई कारबाही गरी मेयर पदको उम्मेदवारी रद्द गर्न संघसंस्थाका प्रतिनिधिहरुले माग गरेका छन् ।

© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij