logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
मकालु गाउँपालिकाका अध्यक्ष पोख्रेलले त्यागे एमाले

मकालु गाउँपालिकाका अध्यक्ष पोख्रेलले त्यागे एमाले


901
SHARES

काठमाडौं। संखुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष तेजबहादुर पोख्रेलले नेकपा एमाले परित्याग गरेका छन् ।

पोख्रेलले बिहीबार एक विज्ञप्ति जारी गर्दे एमाले परित्याग गरेको घोषणा गरेका छन । पोख्रेल नेकपा एमाले संखुवासभाका जिल्ला कमिटी सदस्यसमेत हुन् ।

उनी गत २०७६ को उपनिर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

पोख्रेलले मकालु गाउँपालिकाबाट पुनः अध्यक्षको उम्मेदवारीको दाबी गरेका थिए । तर, एमालेले उम्मेदवार नबनाएपछि उनले पार्टी परित्याग गरेका हुन् ।

पार्टीका नेताहरुको गुटगत निर्णयले आफ्नो योगदानको अवमुल्यन भएका कारण एमाले पार्टी परित्याग गरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

एमालेमा बसेर राजनैतिक जीवन विताउन असहज भएको अध्यक्ष पोख्रेलले आरोप लगाएका छन् ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij