logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
गठबन्धनविरुद्धको उम्मेदवारी फिर्ता लिन कांग्रेस बागमती प्रदेशको आग्रह

गठबन्धनविरुद्धको उम्मेदवारी फिर्ता लिन कांग्रेस बागमती प्रदेशको आग्रह


201
SHARES

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश समितिले गठबन्धनविरुद्ध परेको बागी उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ।

कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले विज्ञप्ति जारी गर्दै गठबन्धनविरुद्ध दर्ता भएको उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन्।

बानियाँले लोकतन्त्रलाई कमजोर बनाउन उद्यत शक्तिलाई कमजोर बनाउन गठबन्धन बनेको भन्दै गठबन्धनका उम्मेदवारलाई विजयी गराउनका लागि स्वतन्त्र रूपमा दिइएको उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्।

‘यो गठबन्धन बृहत् शान्ति सम्झौताको जगमा रहेको समेत स्मरण गराउँदै यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनका उम्मेदवारहरूका विरुद्धमा नेपाली कांग्रेस बागमती प्रदेशभित्रका पार्टीका साथीहरूले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ भने आफ्नो उम्मेदवारी फिर्ता लिन विनम्रतापूर्वक आग्रह गर्दछु, विज्ञप्तिमा भनिएको छ।

 

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij