दैनिक न्युज नेपाल
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा एमालेको सरकार रहिरहेको भए नेपाल यतिबेलासम्म श्रीलंका भइसक्ने बताएका छन्।
कांग्रेसबाट काठमाडौं महानगरपालिकामा मेयरकी उम्मेदवारको संकल्प प्रस्ताव सार्वजनिक कार्यक्रमलाई बिहीबार आयोजित सभालाई सम्बोधनका क्रममा यस्तो बताएका हुन्।
एमालेको नेतृत्व रहिरहेको भए नेपाल यतिबेलासम्म श्रीलंकाको बाटोमा गइसक्थ्यो। आर्थिक रुपमा संकटमा परिसक्थ्यो, उनले भने,हामी सरकारमा गएपछि अमेरिकाले ६० अर्ब दियो।
भारतले ८० अर्ब दिँदैछ। चीनले पनि हामीलाई सहयोग दिँदैछ। अर्थतन्त्र संकटमा जानबाट जोगिएको छ।
उनले देशभर स्थानीय तह निर्वाचनमा तालमेल भएकाले कांग्रेसले प्रचण्ड बहुमत ल्याउने पनि बताए।
तालमेल भएकाले हामीले प्रचण्ड बहुमत ल्याउँछौं, उनले भने, हामी देशलाई गफमयबाट काममय बनाउँछौँ। हामी विकास र समृद्धिको युग ल्याउँछौँ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij