logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
मकवानपुरमा एकीकृत समाजवादीका अध्यक्षसहितले गरे पार्टी परित्याग

मकवानपुरमा एकीकृत समाजवादीका अध्यक्षसहितले गरे पार्टी परित्याग


239
SHARES

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का मकवानपुर जिल्लाका अध्यक्ष श्रीधर पोखरेलसहितका नेताले पार्टी परित्याग गरेका छन्।

बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै पोखरेलले पार्टी परित्यागको घोषणा गरेका हुन्। उनले स्थानीय तह निर्वाचनमा भएको गठबन्धन र टिकट वितरणको विषयमा पार्टीले चालेको कदमप्रति असन्तुष्टि जनाउदै पार्टीमा बस्न नसक्ने अवस्था भएकोले पार्टी परित्याग गरेको बताए।

जवरजस्ती ढंगबाट पार्टीमा व्यक्तिवाद हुर्काउन खोजेको,सरकारमा गएको मन्त्री र राजकीय ठाउँमा पाएका अवसरमा पठाईएको व्यक्तिमा देखिएको नैतिक आचरणमा ह्रास र भ्रष्टाचारमा लिप्त मनोवृत्तिले दास बनाउने सोच हाबी हुदै गएको उनको आरोप छ।

पोखरेलले मकवानपुरको मनहरी, राक्सिराङ र कैलाशमा पार्टीले गठबन्धन गर्न असफल भएको र परिचित र संगठन निर्माणको काममा लागेकाहरूलाई बाइपास गरेको भन्दै पार्टी परित्याग गरेको उनको भनाई छ।

पोखरेलसँगै जिल्ला सचिवालय सदस्यहरु वीरेन्द्र डिसी, देवेन्द्र कोइराला, उत्तम शर्मा र गोपाल बहादुर स्याङ्तानले पनि पार्टी परित्यागको घोषणा गरेका छन्।

पोखरेलले स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर आफूले पाउनुपर्ने दाबी गर्दै आएका थिए। तर पार्टीले उपाध्यक्षसमेत रहेकी मीना कुमारी लामालाई मेयरको उम्मेदवार बनाएको छ।

मेयरको टिकट नपाएपछि पार्टी परित्याग गरेको हो भन्ने पत्रकारको प्रश्नमा उनले पार्टीमा भएको निर्णय प्रक्रियाप्रति आफूहरुको असहमति रहेको बताए।

उनले तत्काल आफू कुनै पनि पार्टीमा नजानेसमेत बताए।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij